ज्याम्बल दोर्जे गीत बजारमा (भिडियोसहित)

  • २०८१ पौष ७, आईतबार (३ महिना अघि)
  • ४६६ पटक पढिएको
ज्याम्बल दोर्जे गीत बजारमा (भिडियोसहित)

धादिङ–  ‘ज्याम्बल दोर्जे’ गीत बजारमा ल्याइएको छ । गायक किर्ति तामाङ र गायिका पूर्णिमा लामाको स्वरमा रहेको नयाँ तामाङ सेलो गीत ‘ज्याम्बल दोर्जे’ बजारमा ल्याइएको हो ।

‘ज्याम्बल दोर्जे’ श्याम वाइवा र सेम्जोङ फिल्म्सको लगानीमा गीत बजारमा ल्याइएको हो । गीतमा धादिङका जीवन हिम्रुङको शब्द रहेको छ । जोन राईको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा धादिङकी चेली सुनिता वाईबाको अभिनय रहेको छ । ’ज्याम्बल दोर्जे’ गीतमा तामाङ संस्कृतिको मौलिकता र सेलो संगीतको मिठास पाइन्छ । धादिङको ऐतिहासिक महत्व बोकेको नेत्रावती डवजोङ गाउँपालिकामा अवस्थित वाकाको बारेमा रहेकोले गीतले अझ आकर्षण थपेको मोडल सुनिता वाइबा बताउँछिन् ।

Advertisement

‘मैले धेरै गीतहरुमा मोडलको रुपमा खेलेको छु । तर ‘ज्याम्बल दोर्जे’ एउटा यस्तो गीत हो जसले आफ्नै गाउँ ठाउँ र हाम्रो संस्कृति र संस्कार बोलेको छ । सबैले मन पराइदिनु हुन्छ भन्ने विश्वास लिएको छु’ उनले भनिन्– ‘ज्याम्बल दोर्जे’ले तामाङ सेलो संगीतलाई अझ लोकप्रिय बनाउन सहयोग पुर्याउने छ । दर्शकको मायाँ र प्रतिक्रियाको पखाईमा छु । आशा छ, मन पराइदिनु हुनेछ ।’

पुरा भिडियो सेम्जोङ फिल्म्स यूट्युव च्यानल मार्फत हेर्न सक्नु हुनेछ ।

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट