काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।
मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
दुई फरक कोठामा बाबुछोराको शव भेटिएको उनले बताए । दुई वटा ढोका बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।
दुवै जनाको शरीरमा चोटपटक लागेको हुँदा हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटना बारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप