धादिङको महादेवस्थानमा पुष १९ गते निःशुल्क स्वास्थ्य शिविर हुने

  • २०८१ पौष १२, शुक्रबार (३ महिना अघि)
  • ३२६ पटक पढिएको
धादिङको महादेवस्थानमा पुष १९ गते निःशुल्क स्वास्थ्य शिविर हुने

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिकामा निःशुल्क वृहत विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ ।
लायन्स क्लव अफ काठमाडौं सुर्यमूखीले बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थान स्वास्थ्य चौकीमा पुष १९ गतेदेखि स्वास्थय शिविर सञ्चालन गरिने क्लवका अध्यक्ष कृष्ण शिशिरले जानकारी दिए । बेनीघाट रोराङ गाउँपालिका सह– आयोजक,जनस्वास्थ्य कार्यालय धादिङको समन्वय, धादिङ अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा हाडजोर्नी तथा नशा, बालरोग, स्त्री तथा प्रसुति, मानसिक रोग, आँखा, जनरल सर्जरी, ईसिजि, यूएसजि, एलसिडि स्क्रिनिङ लगायतका सेवाहरु प्रवाह हुने उनले बताए । बेनीघाटका विभिन्न ठाउँमा चेपाङ बस्तिहरु रहेका छन् । उनीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको उनको भनाई छ । शिविर पुष १९ गते विहान ८ वजेदेखि अपरान्ह ४ वजेसम्म चल्नेछ ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट