धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा कौशी खेती तालिम हुने भएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–३ मा रहेका नागरिकहरुलाई पुष १८ र १९ गते २ दिने कौशी खेती तालिम सञ्चालन गर्न लागिएको नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘बजारमा तरकारीको अत्यधिक माग छ । तर अत्यधिक विषादीयुक्त तरकारी बजारमा उपलब्ध रहेको छ’ उनले भने– ‘ताजा तथा स्वस्थकर तरकारी तथा फलफुल खाने वातावरण सिर्जना गर्ने उद्देश्यले तालिम गर्न लागिएको हो । यसले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ ।’
दुई दिनसम्म चल्ने तालिमका लागि सिक्न इच्छुकले वडा कार्यालयमा पुष १७ गते दिउँसो २ वजेसम्म निवदेन दिनु पर्ने उनले बताए । निवेदनसँगै नागरिकता र पुर्जाको फोटोकपी पेश गर्ने पर्नेछ । यो पटक ४० जनालाई तालिम प्रदान गरिनेछ । नीलकण्ठ नगरपालिका–३ को आर्थिक तथा प्राविधिक सहयोगमा दुई दिने कौशी खेती तालिम गर्न लागिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप