काठमाडौं– राजनितिक दल बलियो भयो भने मात्र देश विकास संभव रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले बताएका छन् ।
नेकपा एमाले धादिङले आयोजना गरेको विभाग र सल्लाहकारहरुको सपथ ग्रहण तथा अभिमूखिकरण कार्यक्रममा बोल्दै समाज बदल्नका लागि नेकपा एमाले बलियो भयो भनेमात्र सम्भव हुने बताएका हुन् । समाज परिवर्तन र विकासका लागि नेपालमा पार्टी बलियो हुनुपर्छ । देशमा अहिले नकारात्मक संचार बढी रहेको छ । यसलाई सकारात्मकतर्फ अघि बढाउन सूचना र शिक्षा आवश्यक रहेको भन्दै यश अभियानमा लाग्न सबैलाई उनले आग्रह गरे ।
एमाले बलियो भएकोले चौतर्फी आक्रमण भएको र देशी विदेशी प्रतिक्रियावादीहरुको इसारामा एमालेमाथी आक्रमण भएको लोहनीको भनाइ छ ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले काग कराएर, कुकुर भुकेर हात्ती लम्किन नछाड्ने बताउँदै एमाले हात्ति लम्के जसरी अघि बढेर गन्तब्यमा पुुग्ने बताए । एमालेलाई कमजोर बनाउन सकियो भने समृद्धि पुरा नहुने भएकोले विदेशी ठहर बमोजिम विदेशको एजेण्डा रोक्न केपी ओली र एमालेमाथीको आक्रमण भएको बताएका हुन् । एमाले कार्यकर्ता विचल्लीत नहुन आग्रह गर्दै मुलुक कमजोर पार्नका लागि एमालेमाथीको आक्रमण बढेको उनको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रामप्रसाद अधिकारीले पार्टी कार्यकर्ताहरुलाई पार्टीको हित र विस्तारमा लाग्न अनुरोध गरे ।
कार्यक्रमकै अवसरमा नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटाले जनसंगठन र विभागहरुले पार्टी र विकासका लागि काम गर्नुपर्ने बताएकी छिन् । काम कर्तव्य अधिकारको बारेमा जानकारी गराउदैं सबैले आ-आफ्नो ठाउँबाट काम गरे २०८४ मा नेकपा एमाले बलियो बन्ने उनको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप