त्रिभुवन विश्वविद्यालयका १४ हजार ३०७ विद्यार्थी दीक्षित

  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • १९८ पटक पढिएको
त्रिभुवन विश्वविद्यालयका १४ हजार ३०७ विद्यार्थी दीक्षित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी भएका छन् ।

Advertisement

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वर्ण महोत्सवका रुपमा त्रिविले दीक्षान्त समारोह आयोजना गरेको हो । यसपटक ७४ हजार ४५ जना उत्तिर्ण भए पनि १४ हजार ३०७ विद्यार्थी मात्र दीक्षान्त समारोहमा सहभागी भएका छन् ।

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावक पनि रंगशाला पुगेका थिए । ५० ‍औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाएको छ।
गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट