धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी घोषणा

  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • ४०३ पटक पढिएको
धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीको उम्मेदवारी घोषणा

काठमाडौं– धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

यही पौष २६ र २७ गते हुने संघको ११औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै उनले उम्मेदवारीको घोषणा गरेका हुन् ।

धादिङ उद्योग वाणिज्य संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आफ्नो उम्मेदवारी दिएको बताए ।

आफ्ना प्रतिवद्धतापत्र समेत सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेपनि भण्डारीले प्यानल भने सार्वजनिक गरेका छैनन् । कार्यक्रममा सहभागी व्यवसायी र समर्थकहरुको उपस्थितिको आधारमा नेकपा माओवादी निकट देखिएपनि स्पष्ट खुलाइएको छैन ।

गठबन्धन सरकारमा भएका नेकपा एमाले र नेपाली कांग्रेस निकट व्यवसायीहरुको उपस्थिती रहेको थिएन । भण्डारीले उम्मेदवारी घोषणा गरेको वरिष्ठ उपाध्यक्ष पदमा कांग्रेस एमालेले आफ्नै उम्मेदवार उठाउने तयारी गरेको अन्य व्यवसायीहरुले बताएका छन् । तर कांग्रेस एमालेले उम्मेदवारको विषयमा कुनै प्रतिकृया दिइ सकेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट