दक्षिण कोरियामा जहाज दुर्घटना हुदाँ ६२ जनाको मृत्यु

  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • १६८ पटक पढिएको
दक्षिण कोरियामा जहाज दुर्घटना हुदाँ ६२ जनाको मृत्यु

काठमाडौं– दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा ६२ पुगेको छ । ज्यान गुमाउनेमा ३७ महिला र २५ पुरुष छन् ।

Advertisement

योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक रहेका थिए । आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट