काठमाडौं– पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका-१८ भवानीपुर सिताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
मकवानपुर हेटौंडा उपमहानगर-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू ना३ख ४२१२ नम्बरको ट्रकमा परवानीपुरबाट ड्राइपोर्ट जाँदै गर्दा प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद गरेको हो । प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप