शीतलहरले जनजीवन प्रभावित, सतर्कता अपनाउन आग्रह

  • २०८१ पौष १५, सोमबार (३ महिना अघि)
  • १५६ पटक पढिएको
शीतलहरले जनजीवन प्रभावित, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- विशेष गरी तराईका जिल्लाहरूमा शीतलहर सुरु भएको छ । मधेश प्रदेशको पश्चिम भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएको हो ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तराई क्षेत्रमा निरन्तर शीतलहर रहने बताएको छ । बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरका कारण तराई क्षेत्रमा हवाई तथा सडक यातायातका साथै कृषि र पर्यटन क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै सबैमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट