काठमाडौंमा भुकम्पको धक्का

  • २०८१ पौष १८, बिहिबार (३ महिना अघि)
  • १४६ पटक पढिएको
काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुुस भएको हो ।

Advertisement

एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।

केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ । यस्तोमा मध्य नेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो ।

पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाउँदै ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्ह‍रूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट