काठमाडौं– नेपाल उधोग तथा व्यवसायी महासंघ धादिङको अध्यक्षमा सन्जिव त्रिपाठी चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट त्रिपाठी निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नवराज ढकाल, बिष्णु श्रेष्ठ, सचीव बाबुराजा पौडेल, सह-सचिवमा पुलदिप श्रेष्ठ, सह-सचिव रवि रेग्मी, सविता सिलवाल र कोषाध्यक्ष अकिल तिमल्सिना चयन भएका छन् ।
व्यवसायिक क्षेत्रले देशको आर्थिक समृद्धिमा टेवा पुगेको नेपाल उद्योग तथा व्यवसायी महासंघ धादिङका अध्यक्ष संजिव त्रिपाठीले बताए । स्वच्छ व्यवसाय गरेर देशमा आर्थिक समृद्धिमा योगदान गरिरहेकाहरुले हालको समयमा मन्दीको मार खेपिरहेका छन् । व्यवसायलाई अब्बल बनाउन महासंघले अग्रणी भुमिका खेल्ने उनले बताए ।
प्रथम अधिवेशनकै अवसरमा धादिङको मलेखु क्षेत्रमा आएर पहिलो पटक चप परिकार बनाएर विक्रि गर्ने तथा माछाको परिकार बनाउने पुराना व्यवसायी छबिलाल मरहट्ठालाई सम्मान गरिएको छ । धादिङमा सुरुको समयमा कुखुुरा तथा दाना उद्योग संचालन गरेर नेपालमै दाना बनाउन सुरु गर्ने भिमसेन खड्का, कपडा व्यवसाय गर्ने प्रेम प्रसाद पाण्डे, किराना पसल संचालक राजकुमार पौडेल तथा युवा सफल व्यवसायी इश्वरप्रसाद सिलवाल, केशवप्रसाद अधिकारी र धादिङमा सबै भन्दा धेरै कर तिर्ने व्यसायी तुलसी जंग थापालाई सम्मान गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप