धादिङ– जिल्ला सदरमुकाम धादिङबेसीमा भएको वक्तृत्वकला प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयका प्रशंसा श्रेष्ठ प्रथम भएकी छिन् । सुनौलो भैरवी माध्यामिक विद्यालयकै संजिवनी पोखरेल द्वितिय र नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कृति श्रेष्ठ तृतिय भएकी छिन् ।
“सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका” विषयमा सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङले वक्तृत्वकला आयोजना गरेको हो । प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका ९ विद्यालयका १६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङकी गुल्मपछि लक्ष्मी थपलियाले बताइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप