‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ चाँडै कालोपत्रे हुन्छः प्रधानमन्त्री ओली

  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • १५९ पटक पढिएको
‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ चाँडै कालोपत्रे हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खुम्बु ‘पासाङल्हामू’ गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे गरिने बताएका छन् ।

Advertisement

सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ उद्घाटन समारोहको सम्बोधन गर्दै यस्तो बताएका हुन् । तेन्जिङ हिलारी विमानस्थल लुक्लाले सहज बनाएको खुम्बुको पर्यटन व्यवसाय हालै सञ्चालनमा आएको छ । सडकले थप सहज बनाएको उनले बताए ।

यो तेन्जिङ नोर्गे शेर्पा, पासाङल्हामु शेर्पा लगायत तिसौँ पटक सगरमाथाको आरोहण गर्ने साहसीहरूको जिल्ला भएको भन्दै उनले अब यस क्षेत्रको विकास र प्रगति हुने बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति तथा प्रथम नेपाली सगरमाथा आरोही पासाङल्हामू शेर्पाको घर समेत अवलोकन गरेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु–१ खरिखोलाबाट वडा नं. २ सुर्केसम्म ट्रयाक खन्न शुरु भएको हो । २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएपछि पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजनाहरू सिल्क पावर र दूधकोशी छैटौँसँग साझेदारी गरेको छ ।

थाम डाँडाबाट सुर्केसम्मको १२.५ किलोमिटर सडक ठेक्का प्रणालीमार्फत १० करोड ५२ लाख रुपियाँमा निर्माण सम्पन्न भएको छ । जसमा ५० प्रतिशत लगानी गाउँपालिकाको छ भने बाँकी ५० प्रतिशत जलविद्युत् आयोजनाबाट जुटाइएको छ । खरिखोलाबाट थाम डाँडासम्मको १२.३ किलोमिटर सडक छ करोड १४ लाख रुपियाँको लागतमा पालिकाको आफ्नै स्रोतबाट निर्माण गरिएको हो । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्के रहेको छ ।

बाटो खुलेसँगै अहिले दैनिक यात्रुबाहक बस, सुमो र बोलेरोले यात्रुहरूलाई लुक्लामुनिको सुर्केसम्म पुर्याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल एक घण्टाको पैदल दुरीमा पर्छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट