तोलामा १५ सयले घट्यो सुनको मूल्य

  • २०८१ पौष २१, आईतबार (२ महिना अघि)
  • १२३ पटक पढिएको
तोलामा १५ सयले घट्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको मूलय घटेको छ ।

Advertisement

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट