काठमाडौं- गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरबदल भएका छन् ।
काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । धर्मेन्द्र मिश्रलाई सुनसरी, गोगनबहादुर हमाल कैलाली, तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादव मोरङ, गोपालकुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ ।
काठमाडौंका सिडिओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वाेच्च अदालतले हालै एक फैसलामा बोलेपछि उनी विवादमा परेका थिए । मोरङका सिडिओ प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप