काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।
कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सव समारोहको सम्बोधन गर्दै उनले बताएका हुन् । कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उनले बताए । ‘कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव परिपूर्तिका लागि मन्त्रालयले पहल गर्नेछ । अस्पतालले हाल सीमित स्रोत र साधनका बाबजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । यसैका कारण धेरैको विश्वास कान्तिमा छ’ उनले भने ।
देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शैयाबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शैया छन् । अस्पतालले आर्थिक वर्ष २०८०÷८१ मा एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप