संस्कृति जोगाउन धादिङमा मगर पुरोहित र कौरा नाँच तालिम

  • २०८१ पौष २२, सोमबार (२ महिना अघि)
  • २३९ पटक पढिएको
संस्कृति जोगाउन धादिङमा मगर पुरोहित र कौरा नाँच तालिम

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिका– ३ चक्रदेवी टोलमा मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नाँच तालिम सुरु भएको छ ।

Advertisement

मगर जातिको कला, संस्कृति जगेर्णा गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कुल बहादुर थापा मगरले बताए । यस्ता तालिमले संरक्षण मात्र नभई पुस्तान्तरण पनि हुने उनको भनाई छ ।

नेपाल मगर संघ ज्वालामुखी गाउँपालिका इकाईको आयोजना र नपाल मगर संघ जिल्ला समन्वय समितिको सहआयोजनामा सात दिने मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नाँच तालिम सुरु भएको हो । तालिममा ज्वालामुखी गाउँपालिका र नेपाल मगर बौद्ध सेवा समाज जिल्ला कार्य समिति धादिङले प्राविधिक सहयोग गरेको छ । तालिम २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

कौरा नाँचको इतिहास

मगर जातिका कौरा नाचको प्रचलन शताब्दि औं पुरानो भएको मानिन्छ । १९८० साल तिर मगरात राज्य(हाल गण्डकी प्रदेश) तनहुँ को रिसिङ् मगर गाउँबाट सुरु भएको पाइन्छ । यो नाँच र गीतको नाम मगर ढुट भाषा बाट नामाकरण भएको प्रमाणहरु छन । गाउँघरमा युवा युवतीहरु दिनभरको थकान मेट्न मनोरंजन गर्ने प्रचलन अनुसार एक आपसमा नाँचगान गर्दै आएका थिए ।

आफ्ना दमाली केटिहरुको घरमा केटाहरु खैजडी, डम्फु, मादल, मुरली, मजुरा, आदि वाद्यवादन सामाग्रीहरु लिएर नाँच गानको लागि केटीको घर आँगनमा पुगी सकेपछी हामि आयौ है भनेर कानराहा है कानराहा भन्ने चलन थियो । मगर भाषामा कानराहा अर्थात् हामी आयौ है नाँचगानको लागि भनेर जानकारी दिने चलन हो । कान राहा कान राहा (हामी आयौ,हामी आयौ) भन्दा भन्दै यो नाँचको नामै कान राहा बन्न पुग्यो । पछी कान–राहा अपभ्रम्श भएर ‘कौराहा’ शब्द बनेको हो र कौराहा बाट आजभोली ‘कौरा’ कौडा भएको हो । कौरामा पुरुषहरु गाउने र बजाउने गरिन्छ भने महिलाहरु नाच्ने गर्छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट