धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालको उम्मेदवारी घोषणा

  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ३०३ पटक पढिएको
धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालको उम्मेदवारी घोषणा

काठमाडौं–धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालले उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

यही पौष २६ र २७ गते हुने संघको ११औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । मंगलबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘दिन होस् वा रात धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साथ’ भन्ने मूल मन्त्रलाई यथार्थमा बदल्न आफुले उम्मेदवारी दिएको उनले बताए । संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । ‘आर्थिक अनियमितता नियन्त्रण गरी प्रशासनिक पारदर्शिता कायम गर्ने, सुस्ताएको संघलाई सशक्त र व्यवसायी मैत्री बनाउनेछ’ उनले भने– ‘व्यवसायीको हितमा काम गर्नेछु । यो मन्दीको समयमा घर भाडा समस्या समाधान, व्यवसायी नितिहरुको वकालत, साझेदारी विकास, व्यवसायिक जोखिम न्यूनिकरण, उद्यम तथा व्यवसायको प्रवद्र्धन, संघलाई निजि क्षेत्रको एक भरोसा योग्य, सक्षम, गतिशील बनाउन मेरो उम्मेदवारी हो ।’

त्यस्तै, जिल्लाको उद्योग स्थापना हुने सम्भाव्य स्थलहरुलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘राष्ट्रिय गौरवका आयोजनाहरुलाई गति दिन एवम् विकासका अन्य कामका लागि निजि क्षेत्रको भूमिका स्थापित गर्ने छु’ उनले भने । तपाईको उम्मेदवारी घोषणामा ढिलाई भएन भन्ने प्रश्नमा रिजाल भन्छन्– ‘व्यवसायीहरुको घर आँगनमा पुगेर सबै व्यवसायीहरुको मनोभावना अनुसार उम्मेदवारी घोषणा गरेको हुँ । त्यसैले अलि ढिलाई चाँहि भएके हो । तर मलाई सबै व्यवसायीहरु र राजनितिक दलहरुको सहयोग रहेको छ । यो नै मेरो जित्ने बलियो आधार हो’

त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि यस अघि रोहित भण्डारीले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी अहिले प्रचार प्रसार अभियानमा व्यस्त देखिन्छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट