धादिङ र गोर्खाका साकोस व्यवस्थापन प्रमुखलाई अभिमूखिकरण

  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • १४७ पटक पढिएको
धादिङ र गोर्खाका साकोस व्यवस्थापन प्रमुखलाई अभिमूखिकरण

धादिङ– जिल्लाको सदरमुकाम धादिङवेसीमा वित्तिय सुशासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सहकारीलाई थप मजवुद बनाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

Advertisement

नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड सदस्य सेवा कार्यालय धादिङको आयोजनामा धादिङ र गोर्खा जिल्लाका २५ साकोसहरुबाट २५ जना व्यवस्थापन प्रमुखहरुलाई अभिमूखिकरण गरिएको सेवा कार्यालय इन्चार्ज शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।

सुशासन, सुशासनको महत्व, सुशासनले संस्थालाई गर्ने दिशा निर्देश, सुशासनका पक्षहरु साकोसको संरचना र संरचनागत रुपमा यसको उत्तरदायित्व, जवाफदेहिता, पारदर्शिता, निति कार्यविधि, यसको ढाँचा र कार्यशैलिबाट प्राप्त उपलब्धि, सुशासनमैत्री, सदस्यमैत्री प्रभावबारे श्याम राजा तिमल्सिनाले प्रस्तुतिकरण दिएका थिए ।

संघको सदस्य सेवा कार्यालय उप –समिति सदस्य कृष्ण सिलवालले संघले नियमित रुपमा विभिन्न तालिम शिक्षा, गोष्ठी, अभिमुखिकरण मार्फत सदस्य संस्थाको व्यवस्थापन प्रमूख, विभिन्न समिति, उप समिति लगायत संस्था विकासमा निरन्तर लामो समय देखि सहजिकरण गर्दै आएको बताए । साकोस अभियानको शुद्धता, सशक्तिकरण र अभियानलाई लक्ष्य उम्मुख दिशामा मार्ग गर्दै आएको उनको भनाई छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट