उकालो यात्रामा सेयर बजार

  • २०८१ पौष २४, बुधबार (२ महिना अघि)
  • ७६ पटक पढिएको
उकालो यात्रामा सेयर बजार

काठमाडौं– सेयर बजार समान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५३ अङ्कले बढेर दुई हजार ६ सय ५३ दशमलव ३८ विन्दुमा पुगेको हो ।

Advertisement

आज बैंक, होटल, लगानी, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समृद्धि फाइनान्स, सिन्धु विकास बैंक कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । तर सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३८ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट