काठमाडौं- नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सरकारले कृषि क्षेत्रमा लगानी बढाउन सरकारसंग माग गरेका छन् ।
साना किसान कृषि सहकारीहरु किसान र कृषिमा व्यवसायिकरणका योजनाका साथ काम गर्न आग्रह गर्नुभएको छ । गर्नु पर्ने उनले बताए । साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै पाठकले निष्क्रिय रहेको नामका मात्र सहकारीहरुलाई खारेज गर्नुपर्ने र सक्रिय रुपमा रहेको सहकारीहरुलाई एकिकृत गर्नुपर्ने बताएका हुन् ।
संघका अध्यक्ष रंगनाथ थपलियाले बैंक तथा वित्तिय संस्थाको पहुँच नपुगेको विपन्न वर्ग एवं पिछडिएका वर्ग तथा दुर्गम क्षेत्रका आम समुदायलाई वित्तिय सेवाका साथै महिला सशक्तिकरण र नेत्तृत्व विकासमा सहकारीले उल्लेख्य भुमिका निभाएको बताए । साना किसान सहकारी संस्थाहरुले कृषि उत्पादन पशुपालन, दुध तथा मासु उत्पादनमा ऋण लगानी गर्दै आईरहेको उनको भनाई छ ।
सहकारीले संस्थाका सदस्यहरुलाई बचत संकलन, सहकारी शिक्षा, समुह सक्रियता, नेतृत्व विकास तालिम नीति निर्माण तालिम प्रदान गर्दै आईरहेको छ । त्यसैगरि जिल्लामा स्थापना भएका अन्य कृषि सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक सहयोग गर्ने र सदस्यहरुद्धारा उत्पादित वस्तुहरुको भण्डारण, प्रसोधन तथा बजारीकरण गर्न सहजीकरण गर्ने समेत उनले बताए ।
संघमा ६० कृषि सहकारी आबद्ध रहेका छन् । उद्घाटन समारोहमा बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली प्रसाद पाठक, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतले सहकारीले उल्लेखनिय भूमिका खेलेको बताए । साना किसानका लागि सरकारको लगानी बढाउन, कृषिमा लगानी बढाउन र बजार व्यवस्थापनमा संघले भुमिका खेल्न आग्रह उनीहरुले आग्रह गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप