धादिङको गजुरी पीडा माध्यामिक विद्यालयलाई शौचालय हस्तान्तरण

  • २०८१ माघ ७, सोमबार (२ महिना अघि)
  • १७३ पटक पढिएको
धादिङको गजुरी पीडा माध्यामिक विद्यालयलाई शौचालय हस्तान्तरण

धादिङ– धादिङको गजुरी गाँउपालिका- ५ मा रहेको गजुरी पीडा माध्यामिक विद्यालयलाई ३ कोठे छात्रा शौचालय हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ धादिङ र गजुरी गाँउपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको शौचालय एक कार्यक्रमकाविच हस्तान्तरण गरिएको हो ।

Advertisement

गजुरी गाँउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले शौचालय बनेपछि बालिकाहरुको सरसफाई र स्वास्थ्यमा प्रत्यक्ष सकरात्मक प्रभाव पर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा पालिकाले विशेष योजना बनाएर अगि बढेको उनको भनाई छ ।

रोटरी क्लब धादिङले यस विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई १ बर्षसम्म पुग्ने स्टेशनरी सामाग्री र न्यानो कपडा पनि वितरण गरेको छ । रोटरी ३२९२ का डिस्ट्रिक गभर्नर राजेन्द्र मान सेरचन दुर्गम ठाउँमा आएर सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट