काठमाडौं– सेयर बजार आज ५२.३६ अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको हो ।
आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै लगानी समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै तथा विकास बैंक, होटल, जलविद्युत्, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज ३ सय २२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै २ महिनायताकै उच्च हो । यसअघि गएको मंसिर १७ गते १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप