धादिङ- नीलकण्ठ नगरपालिकालाई रोटरी क्लब अफ धादिङले अग्नि नियन्त्रक सामाग्रीहरु हस्तान्तरण गरेको छ । आगलानी नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षाले नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानालाई गरिएको हो ।
जिल्लामा हुने आगलानी नियन्त्रण र संभावित क्षतिलाई कम गर्न अग्नि नियन्त्रक सामाग्रीले ठूलो सहयोग पुग्ने नगर प्रमुख ढुंगानाले बताए । रोेटरी क्लबले गर्ने विभिन्न सामाजिक कार्यहरुमा नीलकण्ठ नगरपालिकाले सहयोग गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
रोटरी क्लब अफ धादिङले गर्दै आएको सामाजिक कार्यको पनि समिक्षा गरेका छ । रोटरी ३२३९ का डिस्ट्रिक गभर्नर राजेन्द्र मान शेरचन, असिस्टेन्ट गर्भनर हरि प्रसाद सुवेदी, डिस्ट्रिक ज्वाइन्ट सेकेरेटरी अशोकमान कपाली लगायतको टोलीले समिक्षा गरेको हो । रोटरीले गर्दै आएको काम उत्कृष्ट रहेको उनीहरुको निष्कर्ष छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप