भारतमा गाडी दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु, चार घाइते

  • नेपाल पथ
  • २०८१ माघ १९, शनिबार (१ दिन अघि)
  • ६८ पटक पढिएको
भारतमा गाडी दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु, चार घाइते

काठमाडौँ- भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय गाडी दुर्घटना हुँदा पाँच जना नेपालीको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षका बालाकृष्ण झा, ५ वर्षकी इन्दु देवी र गाडी चालक रहेका छन् । अन्य ४ घाइतेको भारतमै उपचार भइरहेको छ ।

भारतको मुजफ्फरपुरमा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा महोत्तरी र धनुषाका रहेका छन् । दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका र उनीहरूको भारतको मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट