यो सरकार ढल्दैन: नेपाली कांग्रेसका महामन्त्री शर्मा

  • २०८१ माघ २२, मंगलबार (३ घण्टा अघि)
  • ३७ पटक पढिएको
यो सरकार ढल्दैन: नेपाली कांग्रेसका महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार कसैले भनेको आधारमा सरकार नढल्ने बताएका छन् । कसैले कहिकतै बसेर सरकार ढल्छ भनेर सरकार नढल्ने बताएका हुन् ।

Advertisement

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण सहयोग रहेको बताएका हुन् । उनले भने– ‘सात बुँदेप्रति नेपाली कांग्रेस पूर्ण प्रतिवद्ध छ । सम्माननिय प्रधानमन्त्रीलाई गर्नुपर्ने साथ सहयोग नेपाली कांग्रेसबाट रहन्छ । कहिकतै बसेर कसैले सरकार ढल्छ भनेको आधारमा यो सरकार ढल्दैन ।’

सरकार ढल्दैन भन्दैमा स्थानीय सरकारलाई सुस्त हुने अधिकार नरहेको उनले बताए । ‘हाम्रो सरकार छ भन्दैमा ढुक्क बसेर हुदैन । मानि लिऔं, सरकार ढल्यो । त्यो बेला के गर्ने सरकार गयो भनेर खुट्टा तेर्याएर बस्ने । स्थानीय सरकार झन पाँच वर्षका लागि स्थायी सरकार हो’ उनले भने– ‘स्थानीय सरकारमा हुनेले प्रभावकारी काम गरेर नागरिकको मन जित्नुपर्छ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट