काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा कमाएको छ ।
“आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ ।” यद्यपि यो अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी आएको कम्पनीले जनाएको छ ।
अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि नेपाल टेलिकमले मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले लगभग २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ ।
त्यसैगरी, टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार ७ सय ४० पुगेको छ । यसमा जीएसएम सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार, पीएसटीएन सेवाका ग्राहक ८७ हजार, र एचटीटीएफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप