नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी सम्मानित

  • २०८१ माघ २२, मंगलबार (२ घण्टा अघि)
  • ७३ पटक पढिएको
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी सम्मानित

धादिङ– नेपाल पत्रकार महासंघ धादिङका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारी सम्मानित भएका छन् ।

Advertisement

पत्रकारिता मार्फत सामाजिक रुपान्तरणमा योगदान गरेको भन्दै गल्छी गाउँपलिका–६ मा रहेको सक्सेस एकेडेमीले आफ्नो १४औँ वार्षिकोत्सबको अवसरमा सम्मान गरेको हो ।

पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदान उच्च आदर्श स्थापित गर्दै सत्य पारदर्शी र समाजमा सकारात्मक परिवर्तनका लागि अध्यक्ष अधिकारीलाई सम्मान गरिएको हो । सक्कसेस एकेडेमीका अध्यक्ष शिव अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको हो ।

पत्रकारिताको धर्म, यसको आचारसंहिता पालन गर्दै सामाजिक आर्थिक रुपान्तरणका लागि निरन्तर कलम चलाइरहन सम्मानले अझै हौसला थपेको सम्मानित भएका अधिकारीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट