सहिद मेमोरियल अस्पतालले औपचारिक सेवा शुभारम्भमा ५० प्रतिशत छुट दिने

  • २०८१ माघ २४, बिहिबार (१ महिना अघि)
  • २२१ पटक पढिएको
सहिद मेमोरियल अस्पतालले औपचारिक सेवा शुभारम्भमा ५० प्रतिशत छुट दिने

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा औपचारिक रुपमा सेवा सुरु गर्ने भएको छ । यहि माघ २६ गतेबाट विशेषज्ञसहितको सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।

Advertisement

गुणस्तरीय र सर्व सुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल मर्मका साथ नयाँ व्यवस्थापनका साथ सेवा सुचारु गर्न लागेको हो । अस्पतालले सुभारम्भको अवसर पारेर शनिबार ५० प्रतिशत छुटमा सेवा प्रवाह गर्न लागेको हो ।

शहीद मेमोरियल अस्पतालमा हाल 4D रंगिन Machine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको FibroScan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिन द्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा Blood, पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने र 600MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ ।

नयाँ व्यवस्थापनमा संचालनमा आएको अस्पतालले शेयर सदस्य, जेष्ठ नागरिक, अपाङ्गता र शहीद परिवारलाई विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधी खरिदमा सर्वसाधारणलाई ५ प्रतिशत छुट दिएको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले बताए ।

अस्पतालले यहि माघ २६ गते शनिबार बिरामी जाँचकोअस्पतालले यहि माघ २६ गते शनिबार बिरामी जाँचको लागि काठमाडौंबाट विशेषज्ञसहितको डाक्टरहरुको टोली नै धादिङ आउने उनले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट