तमू विद्यार्थी धादिङद्वारा स्वावलम्बी बहिरा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

  • २०८१ माघ २६, शनिबार (१ हप्ता अघि)
  • ३५९ पटक पढिएको
तमू विद्यार्थी धादिङद्वारा स्वावलम्बी बहिरा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

धादिङ– नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २९औं स्थापना दिवस आज देशैभर मनाईएको छ । दिवसकै अवसरमा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले नीलकण्ठ नगरपालिका- ८ अमरावतीमा रहेको स्वावलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरि मनाएको हो ।

Advertisement

विद्यार्थीहरुलाई कपि, कलम, पेन्सील, कलर, खेलकुदका सामाग्री फुटबल, स्किपिङ, लुडो लगायतका सामाग्री वितरण गरिएको नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताए । `विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्य समिति सदस्यहरुले संकलन गरेको लेबी रकम र ल्होसारको अवसरमा आयोजना गरिएको गुरुङ ड्रेस फोटो कन्टेस्टबाट भएको बचत रकमबाट विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो´ उनले भने ।

यस्तै सोही अवसरमा तमुस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समितिका तर्फबाट विद्यार्थीलाई खाजा सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।

शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक एवंम संस्थापक राम प्रसाद अधिकारीले अपाङ्गता भएका बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुग्ने बताए । `विद्यार्थीले विद्यार्थीका लागि सहयोग गरेको यो पहिलो अनुभव हो । सहयोगी मनहरुको साथ र सहयोगले नै यो संस्था चलिरहेको छ´ उनले भने- `गुरुङ विद्यार्थीहरुको यो सहयोगले अपाङ्गता भएका बालबालिकालाई ठूलो राहत पुगेको छ । नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं धादिङका विद्यार्थीलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद अनि आभार छौं ।

नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २०५२ साल माघ २६ गते बुटवलमा भएको प्रथम राष्ट्रिय सम्मेलन गर्दै भिम गुरुङको अध्यक्षतामा स्थापना भएको थियो । संस्थाले तमू विद्यार्थीको हक अधिकार संरक्षण तथा विभिन्न सामाजीक सेवाका कार्यहरु गर्दै आईरहेको छ । धादिङ शाखाले पनि सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको छ ।

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट