सहिद मेमोरियल अस्पतालको औपचारिक सेवा शुभारम्भ

  • २०८१ माघ २६, शनिबार (१ हप्ता अघि)
  • ४६४ पटक पढिएको
सहिद मेमोरियल अस्पतालको औपचारिक सेवा शुभारम्भ

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा औपचारिक रुपमा सेवा सुरु गरेको छ । एक कार्यक्रमकाविच शनिवारदेखि विशेषज्ञसहितको सेवा सुरु गरेको हो ।

Advertisement

गुणस्तरीय र सर्व सुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल मर्मका साथ नयाँ व्यवस्थापनमा सेवा सुचारु गरिएको अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष विष्णुलाल श्रष्ठले बताए । अस्पतालले सुभारम्भको अवसर पारेर शनिबार ५० प्रतिशत छुटमा सेवा प्रवाह गरेको हो ।

शहीद मेमोरियल अस्पतालमा हाल ४D रंगिनMachine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको FibroScan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिनद्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा द्ययियम, पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने र ६००MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ ।

नयाँ व्यवस्थापनमा संचालनमा आएको अस्पतालले शेयर सदस्य, जेष्ठ नागरिक, अपाङ्गता र शहीद परिवारलाई विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधी खरिदमा सर्वसाधारणलाई ५ प्रतिशत छुट दिएको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले बताए ।


अस्पतालको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले सहिद मेमोरियल अस्पताल सञ्चालन भएसँगै धादिङ अस्पताललाई चुनौति थपिएको बताएका छन् । ‘नागरिकले पैसा भन्दा पनि सेवाको गुणस्तर हेर्छन् । सहिदले पनि त्यो गुणस्तर दिनु पर्छ । काठमाडौं जान नपर्ने गरि सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने– ‘धादिङ अस्पताल पनि गुणस्तरीय सेवा प्रवाह गर्नेछ । सहिदले पनि सुविधा सम्पन्न तरिकाले सेवा दिनेछ । धादिङ अस्पतालले प्रवाह गर्न नसकेका सेवाहरु सहिद दिउन् । काठमाडौं लगायतका ठाउँहरु रेफल गर्न नपरोस् । कसले सेवा दिन सक्नुहुन्छ भन्ने कुरा हो । धादिङ अस्पताललाई चुनौति थपिएको छ । धादिङ अस्पतालले पनि सेवामा चुस्त तथा दुरुस्त गर्नुपर्छ । सेवाग्राहीले सहज र छिटो सेवा प्रवाह गर्नुपर्छ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट