काठमाडौं– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ खोल्सि चोक स्थित भित्री सडक खण्डमा तरकारी लोड भएको (हाति) गाडी दुर्घटना हुँदा एक जना घाइते भएको छ । दुर्घटनामा परि नीलकण्ठ नगरपालिका–८ का ४० वर्षिय मेक मदिन मियाँ घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार धादिङबेसीबाट सल्यानटार तर्फ जादै गरेको बा२१च ३५२६ नम्बरको तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई सडकबाट ५/६ फिट तल खसेको हो । सडकबाट खसेको गाडी चिलाउनेको रुखमा अड्किएको छ । घाइते मियाको सल्यानटारमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप