काठमाडौं– नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले आयोजना गरेको बागमती स्तरिय खुल्ला लघुकथा प्रतियोगीतामा दोलखाका टिकाराम पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ प्रथम भएको छ ।
ललितपुरका अजय रिसालको प्रेमकी देवी शिर्षकको लघु कथा दोस्रो, काठमाण्डौंका धन्वन्तरी मिश्रको विकृत प्रदुषण तेस्रो र गंगा खड्काको गरिमा लघुकथा सान्तत्वना भएको छ । विजयी लघुकथाका लेखकहरुलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
धादिङबेसीमा वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयक विद्धत गोष्ठीमा विजयी लेखकहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा काठमाडौं विश्व विद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमुख डाक्टर निर्मलमणी अधिकारीले वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयमा अभिमुखीकरण गरेका हुन् ।
साहित्य क्षेत्रले सामाजिक रुपान्तरण तथा विकासमा महत्वपूर्ण भूमिका खेलेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताए । त्यस्तै, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष बद्री प्रसाद दाहालले साहित्य क्षेत्रमा मानिसहरुलाई जागरुक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप