मैत्रीपुर्ण फुटबलमा शिव दल गण विजयी

  • २०८१ फागुन ५, सोमबार (३ दिन अघि)
  • १५१ पटक पढिएको
मैत्रीपुर्ण फुटबलमा शिव दल गण विजयी

काठमाडौं– धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलमा सम्पन्न भएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरीको सहुहबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा शिव दल गणले २–१ गोल अन्तरले विजयी भएको हो ।

’महाशिवरात्री तथा नेपाली सेना दिवस २०८१’ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । मैत्रीपुर्ण खेलमा पहिलो गोल गरेर अग्रता लिएको शिव दल गणको टोलीलाई संचारकर्मीको टोलीले दोस्रो हाफमा एक गोल गर्दै बराबरीमा पुर्याएपनि खेलको अन्तिम समयमा शिव दल गणको टोलीले अर्को गोल थपेको थियो । शिव दल गणको दोस्रो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले फुटबल खेलले नेपाली सेना र पत्रकारविच सम्बन्ध थप सुमधुर बनेको बताएका छन् । आगामी दिनमा पनि यस्तै खेलहरु निरन्तर रुपमा खेल्दै जाने उनीहरुले बताएका छन् ।

सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी अरुण कार्कीले बताए । मैत्रीपूर्ण फुटबलपछि प्रमुख सेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट