बाल विवाह अन्त्य गर्न चेतनामुलक अनुशिक्षण कार्यक्रम

  • नेपाल पथ
  • २०८१ फागुन ५, सोमबार (३ दिन अघि)
  • ८४ पटक पढिएको
बाल विवाह अन्त्य गर्न चेतनामुलक अनुशिक्षण कार्यक्रम

धादिङ- उत्तरी धादिङको गंगाजुमनामा बाल विवाह अन्त्य गर्न सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

Advertisement

गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८–१२ का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा रि माध्यामिक विद्यालय गंगाजमुना वडा नम्बर १ मा एक सय ४० जना र पासाङचोक महादेव माध्यामिक विद्यालय वडा नम्बर २ तावलमा भएको कार्यक्रममा ८२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको विद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान, बाल विवाह नियन्त्रण तथा रोकथामका उपायहरु, भएका प्रयासहरु, बाल विवाहको कारण र त्यसको असर, कानुनी प्रावधान ,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका विषयमा प्रयास नेपाल, धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट