प्रथम नीलकण्ठ मेयर फुटसल कपः यस्तो छ टाइसिट

  • २०८१ फागुन ५, सोमबार (३ दिन अघि)
  • २०७ पटक पढिएको
प्रथम नीलकण्ठ मेयर फुटसल कपः यस्तो छ टाइसिट

काठमाडौं– धादिङमा प्रथम नीलकण्ठ मेयर फुटसल कप हुने भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले यहि फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप गर्न लागेको हो ।

Advertisement

अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको तयारी सकिएको सरोज पाण्डेले बताए । धादिङ फुटसल एकेडेमीमा हुने फुटसल प्रतियोगितामा जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउँछन् ।

प्रतियोगितामा विजयी हुनेले प्रथम, द्धितिय(उपविजेता), तृतिय र सान्त्वनाले क्रमशः १ लाख १ हजार १११, ५१ हजार १११, २५ हजार र २० हजार रुपियाँ पुरस्कार पाउँनेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरले ६–६ हजार पुरस्कार पाउने पाण्डेले बताए ।

नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस वर्ष भने प्रथम नीलकण्ठ मेयर फुटसल कपको नाम दिएर प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रथम नीलकण्ठ मेयर फुटसल कपको यस्तो छ टाइसिटः

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट