धादिङ– फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा धादिङबेसीमा मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगिता गरिएको छ ।
धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा धादिङ जिल्ला कबड्डी संघको व्यवस्थापनमा ७५ ओँ प्रजातन्त्र दिवसको अवसरमा सम्पन्न नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाबीच मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगितामा नीलकण्ठ नगरपालिका विजयी भएको हो ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित कभर्डहलमा भएको खेलमा नीलकण्ठले सिद्धलेकलाई ५५–४० को स्कोरमा पराजित गरेको हो ।
विजयी भएको नीलकण्ठलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । उपबिजेता सिद्धलेकलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको हो । धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङ, जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, नीलकण्ठ वडा नं १४ का वडाध्यक्ष नवराज दुवाडी, एमाले धादिङका उपाध्यक्ष अर्जुन श्रेष्ठ(गोर्खाली), जिल्ला युवा समितिका अध्यक्ष विनोद रिजाल, नेपाल रेडक्रस सोसाइटीका अध्यष दुर्लभ तामाङ,पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले दिवसको अवसरमा शुभकामना दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप