फोर नेसन्स कप : नेपाल फाइनल प्रवेश

  • २०८१ फागुन ८, बिहिबार (१ दिन अघि)
  • १०० पटक पढिएको
फोर नेसन्स कप : नेपाल फाइनल प्रवेश

काठमाडौं– नेपाल फोर नेसन्स कपको फाइनल प्रवेश गरेको छ । आयोजक नेपालले लेवनानलाई १-० को अन्तरले हराउदै फाइनल प्रवेश गरेको हो । आफूभन्दा ३१ स्थान तल रहेको लेबनानविरुद्धको जितमा साबित्रा भण्डारीले आज निर्णायक गोल गरिन् ।

Advertisement

नेपालसँगै म्यानमार फोर नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली आ–आफ्नो खेलमा विजयी हुँदै एक खेलअघि नै उपाधिनजिक पुगेका हुन्।

दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएको थियो। लगातार दोस्रो जितपछि नेपाल र म्यान्मारको समान ६ अंक छ। गोलअन्तरमा म्यानमार शीर्ष स्थानमा छ। लगातार दोस्रो हारपछि किर्गिस्तान र लेबनान प्रतियोगिताबाट बाहिरिएका छन्। सान्त्वनाको लागि किर्गिस्तान र लेबनान तथा शीर्ष स्थानमा रहन नेपाल र म्यानमारबिच आइतबार प्रतिस्पर्धा हुनेछ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट