धादिङ– उत्तरी धादिङको गंगाजुमनामा बाल विवाह अन्त्य गर्न सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरिएको छ ।
गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८–१२ का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा बसेरी माध्यामिक विद्यालय गंगाजमुना वडा नम्बर ६ का ५७ जना र महालक्ष्मी माध्यामिक विद्यालयका ८५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको विद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान, बाल विवाह नियन्त्रण तथा रोकथामका उपायहरु, भएका प्रयासहरु, बाल विवाहको कारण र त्यसको असर, कानुनी प्रावधान ,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका विषयमा प्रयास नेपाल, धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप