धादिङमा अब अनलाइनबाटै नागरिकता सिफारिस

  • नेपाल पथ
  • २०८१ फागुन ९, शुक्रबार (१७ घण्टा अघि)
  • १०६ पटक पढिएको
धादिङमा अब अनलाइनबाटै नागरिकता सिफारिस

काठमाडौं– धादिङमा सेवा प्रवाह तथा अनलाइन सिफारिस सेवा सुरु भएको छ । नागरिकलाई सरकारी सेवाहरूको सहज पहुँच सुनिश्चित गर्नु र अनलाइन माध्यमबाट सिफारिस प्राप्त गर्ने प्रक्रिया सरल र प्रभावकारी बनाउने उद्देश्यले धादिङको नीलकण्ठ नगरपालिका–३ बाट सेवा सुरु गरेको हो ।

Advertisement

अनलाइन सिफारिस प्रणालीले नागरिकहरूको सेवा प्रवाहमा महत्वपूर्ण कदम अघि बढेको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्माले बताए । ‘प्रणालीको आरम्भले कार्यक्षमता र पारदर्शिता दुवैलाई बढावा दिनेछ’ उनले भने– ‘अनलाइन सिफारिस प्रणालीले सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्न सकिन्छ । नयाँ व्यवस्था लागू भए पछि नागरिकलाई अझ सरल र पारदर्शी सेवा सुविधा प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’

धादिङको १०४ वटा वडामा अनलाइन सेवा सुरु गरिने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । ‘नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरिएको हो । सेवाग्राहीलाई झन्झट मुक्त र सरल रुपमा सेवा प्रवाह गर्न अनलाइन सेवा सुरु गरिएको हो । हातले लेखिएको सिफारिसलाई अब मान्यता दिइदैन । अनलाइनबाटै काम हुन्छ’ उनले भने ।

नीलकण्ठ नगरपालिका– ३ का कार्यबाहक वडा अध्यक्ष सम्झना विकले वडा नम्बर ३ बाट सेवा सुरु गरिएकोले वडाबासीलाई सेवा लिन आग्रह गरेकी छिन् । वडा सदस्य सन्तोष थापाले यो सेवा सुरु गर्न नीलकण्ठ नगरपालिकाको ३ नम्बर वडालाई छानेको र यो सेवा सुचारु गरेकोमा धन्यवाद दिदै यो सेवाबाट धेरै भन्दा धेरै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत पुरुषोत्तम सुवेदी, प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले सेवा प्रभावकारी रहने विश्वाससँगै शुभकामना दिएका छन् ।

वडा अध्यक्ष राजकुमार श्रेष्ठले प्रविधिको युगमा अब नागरिकलाई सास्ती भन्दा सहज बनाउन यो अनलाइन प्रणालीले ठूलो सहयोग मिल्ने बताए । सुरु गरिए अनुसार काममा सहज र निरन्तरता भए सेवाग्राहीलाई ठूलो राहत मिल्ने उनले बताए ।

#अनलाइन_नागरिकता_सिफारिस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट