बुढाथुममा बाल विवाह अन्त्य गर्न अनुशिक्षण कार्यक्रम

  • २०८१ फागुन ९, शुक्रबार (१६ घण्टा अघि)
  • ५२ पटक पढिएको
बुढाथुममा बाल विवाह अन्त्य गर्न अनुशिक्षण कार्यक्रम

धादिङ– उत्तरी धादिङको बुढाथुममा बाल विवाह अन्त्य गर्न सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

Advertisement

गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८–१२ का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नम्बर ६ मा अवस्थित शिवालाय माध्यामिक विद्यालय बसेरीमा ५८ र बद्री विशाल माध्यामिक विद्यालय बुढाथुममा एक सय १२ जना किशोरकिशोरीहरुको सहभागीता रहेको थियो ।

अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको विद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान, बाल विवाह नियन्त्रण तथा रोकथामका उपायहरु, भएका प्रयासहरु, बाल विवाहको कारण र त्यसको असर, कानुनी प्रावधान ,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका विषयमा प्रयास नेपाल, धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट