बाबुछोरा दुवैको दुवै मृगौला फेल, सहयोगको अपिल

  • २०८१ फागुन ११, आईतबार (६ घण्टा अघि)
  • १३४ पटक पढिएको
बाबुछोरा दुवैको दुवै मृगौला फेल, सहयोगको अपिल

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिका–६ का यम बहादुर आचार्य र उनका छोरा रञ्जन आचार्य दुवैको दुवै मृगौलाले काम गर्दैन । उपचार गर्दा गर्दै जायजेथा पनि सकियो । तर रोग निको भएन । उपचार गरेर बाँच्ने झिनो आशमा रहेका आचार्य भन्छन्– उपचार गर्ने खर्च जुटे नयाँ जीवन पाउने थिएँ । सहयोग गरिदिनुस् न है ।

Advertisement

दुैव मृगौला फेल भएका ५२ वर्षिय आचार्यले घरजग्गा राखेर वित्तिय संस्थाबाट ऋण लिएका छन् । घरमा भएका पशुचौपाय बेचविखन गरि डायलाइसिस गरिरहेका उनी उपचार गर्ने पैसा जुटाउन सक्ने अवस्थामा छैनन् । छरछिमेक, आफन्त तथा साथीभाईले गरेको सहयोगले उपचारमा थोरै भएपनि सहयोग पुगेको छ । त्यहि आशमा आफु रहेको उनले बताए ।

उनले अहिले काठमाडौंस्थित विर अस्पतालमा उपचार गरिरहेका छन् । उनीसँगै उनका कान्छो छोरा रञ्जन आचार्यको पनि विगत ९ वर्षदेखि दुवै मृगौलाले काम गर्दैन । रञ्जन पनि पाटन अस्पतालमा उपचार गरिरहेका छन् । एउटै परिवारमा बाबुछोराको दुवैको दुवै मृगौला फेल हुदाँ परिवारलाई समेत घर न घाटको बनेको छ । ऋणमा चुर्लुम्म डुवेको आचार्य भन्छन्– ‘न छोराको उपचार गराउन सकेको छु । न आफ्नो उपचार गर्न सकेको छु । बाँचेर पनि मरेतुल्य भएँ । थाहा छ, जीन्दगी बारबार मिल्दैन । तर बाँच्ने रहर हुदाँहुदै पनि उपचार गर्न नसक्दा दिनप्रतिदिन गल्दै गएका छौं । तपाईहरुको सहयोग पाए । हाम्रो परिवारले नयाँ जीवन पाउने थियौं कि ।’

मृगौला पिडित बाबुछोरालाई सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर ००५०१३००१४६६३६०००००१ मा सहयोग गरिदिनुहुन आचार्यले सबैमा अनुरोध गरे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट