प्रभावकारी सेवामा धादिङ अस्पतालको जोड

  • २०८१ फागुन ११, आईतबार (६ घण्टा अघि)
  • ८१ पटक पढिएको
प्रभावकारी सेवामा धादिङ अस्पतालको जोड

धादिङ– धादिङ अस्पतालले प्रवाह गर्दै आएको सेवा प्रवाहको विषयमा छलफल गरिएको छ । अर्धवार्षिक समिक्षा कार्यक्रमको आयोजना गरि अस्पतालले प्रवाह गरेको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो ।

Advertisement

जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको अस्पतालले इमर्जेन्सी सेवा, ओपिडी, आइपिडी, आइसियु सेवा, विशेषज्ञसहितको सेवा प्रवाह गर्दै आएको छ । एक सय शैया क्षमता रहेको धादिङ अस्पतालले विगत ६ महिनामा ५० हजार ९ सय ६९ जना सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । ४२ हजार ५ सय ७५ जनाले ओपिडी सेवा, ८ हजार ६ सय ६५ जनाले इमर्जेन्सी सेवा, १ हजार १ सय ८२ जनाले आइपिडि सेवा र १ सय ७ जनाले आइसियू सेवा लिएको धादिङ अस्पतालका विक्रम विकले जानकारी दिए ।

१ हजार ८ सय ८१ जनाले फिजियो थेरापी, एक सय ८४ जनाले डेन्टल, १ हजार ४७ जनाले डायलाइसिस सेवा लिएका छन् । १७ हजार ८ सय १५ जनाले ल्याब्ह्रोटरी सेवा, ८ हजार ७ सय १८ जनाले एक्सरे, ३ हजार २ सय ३ जनाले यूएसजी र २ हजार ३ सय ४१ जनाले इसिजी सेवा लिएको विकले बताए ।

समिक्षा कार्यक्रममा अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा आगामी दिनमा सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको हो । सहभागीहरुले सेवालाई चुस्त बनाउने र सेवाग्राही सन्तुष्ट हुने गरि सेवा प्रवाह गर्नु पर्ने बताएका छन् ।

अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्दै आएको र थप परिस्कृत सेवा प्रवाह गर्ने धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारीले बताए । ‘सिमित श्रोत साधन, जनशक्ति अभावका बाबजुद पनि अस्पतालले प्रभावकारी सेवा प्रवाह गरिरहेको छ । विशेषज्ञसहितको सेवा प्रवाहले सेवाग्राहीको विश्वास बढको छ । कुनै कसुर नराखी सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्छाै’ उनले भने ।

त्यस्तै, अस्पतालको हरेक शाखाले योजना बनाएर कार्य सम्पादन गर्नुपर्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् । उनले भनिन्– ‘सेवालाई प्रभावकारी र तथ्याङ्कलाई व्यवस्थित गरेर लैजानु पर्छ । आर्थिक अभाव वा कुनै पनि वहानामा स्वास्थ्य सेवा लिनबाट कोही बञ्चित हुनु हुदैन । त्यसका लागि स्थानीय सरकार लगायत अन्य संघ संस्थाहरुसँग समन्वय गरेर अघि बढ्नेछौं ।’

धादिङ अस्पतालले प्रवाह गरेको दैनिक सेवाहरुको नियमित तथा व्यवस्थित तथ्याङ्कहरुको डिजिटल रेकर्डिक तथा रिपोर्टिङ गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रयोगशाला शाखा, इमर्जेन्सी शाखा र अन्तरंग शाखा(भर्ना शाखा) रहेका छन् ।

#धादिङ_अस्पताल

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट