पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रेमा ट्रक दुर्घटना

  • २०८१ फागुन १३, मंगलबार (२ हप्ता अघि)
  • ६२९ पटक पढिएको
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रेमा ट्रक दुर्घटना

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ हुलाक डाँडामा खाद्यान्न बोकेको ट्रक दुर्घटना हुँदा एक जना घाइते भएको छ ।

Advertisement

खाद्यान्न बोकेर विरगंजबाट काठमाण्डौ तर्फ आउदैं गरेको मधेश प्रदेश ०३००२ ख १८६८ नम्बरको ट्रक दुर्घटना हुँदा दोलखा मेलुङ गाउँपालिका-६ ४५ वर्षिय रमेश श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

प्रहरी उपरिक्षक हमालका अनुसार ट्रक सडक भन्दा ३० मिटर तल खसेको छ । श्रेष्ठको टाउकोमा चोट लागेको छ । टाईम्स केयर अस्पताल महादेववेशीमा उपचार भइरहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट