इन्टरनेशनल वुमन्स च्याम्पियनसिप: उपाधिमाथि नेपाल र म्यानमारको दाबी

  • २०८१ फागुन १४, बुधबार (१ महिना अघि)
  • १३६ पटक पढिएको
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप: उपाधिमाथि नेपाल र म्यानमारको दाबी

काठमाडौं- नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र म्यानमार खेल्दैछन् ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र म्यानमारबीचको फाइनल खेल साँझ ६ बजे शुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणका तीन खेल राम्रो भएको बताएका छन् । फाइनलमा पनि नेपालले राम्रो खेल प्रदर्शन गरि उपाधि चुम्ने बताए ।

यस्तै नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र आज हुने फाइनल खेल उपाधिकै लागि भिड्ने बताइन् । अहिलेसम्म नेपाल सिल्भर मेडलमै सिमित भएको र आज नेपाल गोल्डका लागि खेल्ने समेत उनले बताइन् ।

त्यस्तै पाहुना टोली म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताएका छन् । प्रतियोगितामा चार देश सहभागी रहेका थिए ।

जसमा नेपाल र म्यानमार लिग चरणका तीन खेलमा अपराजित रहँदै फाइनलमा पुग्दा लेबनान एक खेलमा जित र दुई खेलमा हार तथा किर्गिस्तान तीन खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएका छन् ।

नेपाल र म्यानमारले लिग चरणमा समान ७ अंक जोडेपनि गोल अन्तरका आधारमा म्यानमार विजेता तथा नेपाल उपविजेताको रुपमा उपाधि नजिक पुगेका हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट