धादिङमा फागुन १६ गतेदेखि बागमती साहित्य महोत्सव हुँदै

  • २०८१ फागुन १५, बिहिबार (१ महिना अघि)
  • २२७ पटक पढिएको
धादिङमा फागुन १६ गतेदेखि बागमती साहित्य महोत्सव हुँदै

काठमाडौं– बागमती साहित्य महोत्सव आजदेखि सुरु हुदैछ। “साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा धादिङबेशीमा फागुन १६ देखि १७ गतेसम्म हुने बागमती साहित्य महोत्सव सुरु हुन लागेको हो ।

Advertisement

महोत्सवको सह आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठान, विशेष सहयोगी नीलकण्ठ नगरपालिका रहेको छ । महोत्सवमा विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षण लगायतका गतिविधि रहने महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले बताए । कूल ९ वटा समूह छललफल, फागुन १६ गते साँझमा हुने काव्य सन्ध्या र १७ गतेका लागि विहान गजल प्रशिक्षण र साँझ गजल वाचन हुने उनले जानकारी दिए ।

महोत्सवमा हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा: कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्नेछन् ।

महोत्सवमा बागमती प्रदेश भित्रका नेवाः, मगर, गुरुङ, तामाङ, चेपाङ समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र प्रदिप रोदन लगायतका गजलहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट