धादिङमा पर्यटनलाई व्यवस्थित गर्न सरोकारवालाहरुबीच अन्तरक्रिया

  • २०८१ फागुन १६, शुक्रबार (१ महिना अघि)
  • १४३ पटक पढिएको
धादिङमा पर्यटनलाई व्यवस्थित गर्न सरोकारवालाहरुबीच अन्तरक्रिया

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाहरुबीच धादिङबेसीमा अन्तरक्रिया गरिएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा जिल्लाको पर्यटन क्षेत्रका विषयहरुमा छलफल गरिएको हो ।

Advertisement

होटल व्यवसायी, होमस्टे व्यवसायी, यातायात व्यवसायीसहित पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरु सहभागी अन्तरक्रियामा उठेका सवालहरुलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले प्रदेशभित्रको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिइरहेको जानकारी दिए । 

‘नीतिगत सुधार हाम्रो पहिलो प्राथमिकता हो, त्यसपछि कार्यविधि बनाएर कार्यान्वयनमा लगिनेछ’, सुवेदीले भने–‘नीति, कार्यविधि तयार भइसकेपछि पर्यटक भित्र्याउने खालका कार्यक्रमहरु ल्याइनेछ ।’

अन्तरक्रियामा गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं नेकपा एकिकृत समाजवादी पार्टीकी नेता डाक्टर सीता ढुंगानाले संस्कृति र प्रकृति प्रदर्शन गर्ने खालका पर्यटकीय गन्तव्यको संभाव्यता अध्ययन गरी पहिचान गरेर प्रदेश सरकार अघि बढ्नुपर्ने सुझाव दिइन्।

होमस्टे र होटल व्यवसायीहरुले भने स्थानीय स्तरमा दक्ष जनशक्ति नहुँदा व्यवसाय व्यवस्थित बनाउन नसकेको गुनासो गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट