साहित्य समाज रुपान्तरणको संवाहक हो: बागमती प्रदेश प्रमुख देवकोटा

साहित्य समाज रुपान्तरणको संवाहक हो: बागमती प्रदेश प्रमुख देवकोटा

काठमाडौं-कला र साहित्य समाज परिवर्तन र रुपान्तरणको संवाहकको रुपमा रहेको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले बताएका छन् ।

Advertisement

साहित्यमा लाग्ने व्यक्ति समाज र राष्ट्र हाक्ने नायक बन्न सक्ने भन्दै बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले धादिङबेसीमा आयोजना गरेको बागमती साहित्य महोत्सव २०८१ को उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेश प्रमुख देवकोटाले कला र साहित्य समाज परिवर्तन र रुपान्तरणको मुहान रहेकोे बताएका हुन् ।

‘सडकका टायर चक्काजाम जिन्दाबाद र मुर्दावादका पक्षहरुलाई परिवर्तनका संवाहक ठानेर अग्रगामी परिवर्तनमा स्वर र कमल चलाउने कला साहित्यलाई सम्मान गर्नु पर्छ । साहित्य र कला परिवर्तनका संवाहक हुन्’ उनले भने– ‘साहित्य लेखन मात्र नभएर भावना, संवेदना र परिवर्तनको मुहान हो । तर लेखन विधा लोप हुदै गएको छ । नयाँ पिँढीहरु ल्यापटप र मोवाइमा मात्र सिमित हुन थालेका छन् । उनीहरुलाई जागरुक बनाउनु पर्छ । मानव समाजको ऐना कला र साहित्यको विकास, संरक्षण र प्रवर्धन गर्न बागमती सरकार निरन्तर लाग्नेछ ।’

‘साहित्य मानव मस्तिष्कको उपज हो । जसले कला संस्कृति, मूल्य मान्यता र सभ्यतालाई छर्लङ्ग पार्दछ । साहित्य प्रेम र करुणा मात्र नभएर न्याय, चेतना, परिवर्तन र रुपान्तरणको उत्प्रेरणा पनि हो’ उनले भने– ‘कला र साहित्य खुसी र समृद्धि जीवनको आधार हो । साहित्यले मानवविचको द्धन्द्ध हटाएर मानवता, एकता र सौहाद्धताको विजारोपण गर्दै सभ्य समाजको निर्माण गर्दछ ।’
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन’ भन्ने मूल मर्मका साथ शुक्रबारबाट बागमती साहित्य महोत्सव सुरु भएको हो । महोत्सवमा सह–आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिकाको विशेष सहयोग रहेको छ ।

त्यस्तै, समाजलाई सही दिशातर्फ डो¥याउन साहित्यको भुमिका महत्वपुर्ण रहने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् । ‘साहित्य समाजको आँखा हो । साहित्यले जीवन र जगतलाई विवेक दिन्छ’, मन्त्री अधिकारीले भने–’साहित्य नै जीवनको कलात्कम अभिव्यक्ति हो । समाजलाई सही दिशा तर्फ डो¥याउने दृष्टिकोण दिन्छ ।’

त्यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुुंगानाले समाजमा देखापर्ने घटनाहरुलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य रहेकोले सभ्य समाज निर्माणमा साहित्यको भुमिका महत्वपुर्ण रहेको बताए ।

‘साहित्य समाजको दर्पण हो । साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानस समक्ष पु¥याउने काम गर्छ। साहित्यले समाजलाई खबरदारी गराउँछ। अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ’ उनले भने ।

महोत्सव उद्घाटनका दिन शुक्रबार नेवाः, मगर, गुरुङ, तामाङ, चेपाङ समुदायका संस्कृति झल्किने झाँकी, पन्चैबाजासहितको र्याली गरि सुरु गरिएको हो । महोत्सवमा विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षण लगायतका गतिविधि रहने महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट