एमवाईसीले जित्यो प्रथम सुमन स्मृति कपको उपाधि

  • २०८१ फागुन १७, शनिबार (१ महिना अघि)
  • २८५ पटक पढिएको
एमवाईसीले जित्यो प्रथम सुमन स्मृति कपको उपाधि

काठमाडौं– प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (एम.वाई.सी)ले जितेको छ । धादिङ फुटबल क्लव (डि.एफ.सी.)लाई २–० गोल अन्तरले पराजित गर्दै एम.वाई.सी.ले उपाधि चुमेको हो ।

Advertisement

शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको थियो ।

उपाधि विजेता एम.वाई.सी. क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता डि.एफ.सी.लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक एम.वाई.सी.का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम.वाई.सी.का अनिल राना मगर, उत्कृष्ट गोल किप्पर एम.वाई.सी.का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि.एफ.सी.का समिर गु्रुङलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलकुदबाट भविष्य खोज्दै गरेकाहरुलाई प्रोत्साहन गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक धादिङ फुटबल क्लवका अध्यक्ष गोपी भण्डारीले बताए ।विजेतालाई प्रदान गरिएको पुरस्कार राशी धादिङ जिल्लामा आयोजित खेलकुद प्रतियोगिता मध्ये सबैभन्दा ठूलो धनराशीको रहेको आयोजकले दावी गर्दै आएको छ ।

धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट